चेन्नेईले मुम्बईलाई दुई सय १९ रनको विशाल लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 395 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई दुई सय १९ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १८ रन बनायो । खराव सुरुवात गरेका चेन्नेईले मात्र चार रनमा पहिलो विकेट गुमायो ।

तर दोस्रो विकेटकालागि मोयन अली र फाप डुप्लिसिसविच शतकीय साझेदारी भएको थियो । उनीहरुले चेन्नेईको पारी सम्हाल्ने क्रममा दोस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गरे ।

जसमा मोयन अलीले ३६ बलमा पाँच चौका र पाँच छक्काको मद्दतले ५८ रन बनाए । यस्तै डुप्लिसिसपनि २८ बलमा ५० रनमा आउट भएपछि चेन्नेईले एक सय १६ रनमा तेस्रो विकेट गुमायो ।

तर लगत्तै सुरेस रैना मात्र दुई रनमा आउट भएपछि चेन्नेईले चौथो विकेट खेर फाल्यो । सो बेला चेन्नेईको स्कोर एक सय १६ रन थियो । त्यसपछि अम्बाती राइडुले विस्फोटक अर्धशतकीय पारी खेले । उनले २२ बलमा चार चौका र सात छक्काको मद्दतमा ७२ रन बनाए ।

यस्तै रविन्द्र जडेजाले २२ रनको योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey