Mega Bank

पाकिस्तान पहिलाे टेष्टमा इनिङ र ११६ रनले विजयी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 85 पटक हेरिएको

जिम्बावेविरुद्धको पहिलो टेष्टमा पाकिस्तान एक पारी र एक सय १६ रनले विजयी भएको छ । जितसँगै पाकिस्तानले दुई खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

जिम्बावेको हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम पहिलो पारीमा मात्र एक सय ७६ रनमा अलआउट भयो । उसका लागि रोय केइयाले सर्वाधि ४८ रन बनाए । तर अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जिम्बावेलाई पहिलो पारीमा सस्तैमा समेट्न पाकिस्तानकालागि साहिन अफ्रिदी र हसन अलीले चार चार विकेट लिए ।

जवाफमा पाकिस्तानले पहिलो पारीमा चार सय २६ रन बनायो । उसका लागि फवाद आलमले शतकीय पारी खेले । जसमा उनले एक सय ४० रनको योगदान गरे । यस्तै इमरान बटले ९१ रन बनाए भने अबिद अलीले ६० तथा मोहम्मद रिजवानले ४५ रनको योगदान गरे ।

पहिलो पारीमा नै भारी अन्तरले पछाडी परेको जिम्बावे दोस्रो पारीमा मात्र एक सय ३४ रनमा अलआउट भयो । दोस्रो पारीमा उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

उसका केभिन कासुजाले २८ रन बनाए भने तारिसेइले ४३ रनको योगदान गरे । यस्तै ब्रेन्डन टेलरले २९ रनको योगदान गरे । दोस्रो पारीमा जिम्बावेलाई ध्वस्त बनाउन हसन अलीले ५ विकेट लिए ।

भर्खरै

Advertisement