दुई पटक अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएकाे बुटवल लुम्बिनीले शीर्षमा फर्किने माैका गुमायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 295 पटक हेरिएको

राजधानीमा जारी नेपाल सुपर लिग एनएसएल फुटबलमा विराटनगर एफसी र बुटवल लुम्बिनी एफसीले एक एक अंक लिएका छन् ।

शनिबार भएको दोस्रो खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै एक एक अंक लिएका हुन् ।

बराबरी खेल्दा बुटबलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बुटवलले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहँदा विराटनगरले तीन खेलबाट चार अंक जोडेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा बुटबलले दुई पटक लिएको अग्रता जोगाउन असफल रह्यो ।

पहिलो हाफको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफकै ४२ औं मिनेटमा पेड्रो मान्जीले बराबरी गोल गर्दै विराटनगरलाई खेलमा फर्काएका थिए ।

विराटनगरका लागि एडिलाजा सोमिडेको पासमा पेड्रोले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा एक एक गोलको बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा पनि एक एक गोल थपेका थिए ।

६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गरेपछि बुटवल २–१ ले अघि बढेको थियो ।

तर दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटेमै सन्तोष तामाङले फ्रि किकमा उत्कृष्ट गोल गर्दै २–२ गोलको बराबरी गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey