चितवनलाई तीन शुन्यले हराउँदै धनगढी एनएसएलको शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 569 पटक हेरिएको

एफसी चितवनलाई तीन शुन्यको फराकिलो अन्तरले हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा धनगढीले उत्कृष्ट खेल पस्कियो ।

२३ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीले प्रहार गरेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएपनि रिबाउन्ड गोरान जेर्कोविचको प्रहार बारमा लागेर फर्कियो ।

३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसको लगत्तै शिशिर लेखीको प्रहारलाई गोलकिपर किरण चेम्जोङले पन्च गरे ।

३६ औं मिनेटमा फेरी चितवनका जर्ज प्रिन्स कार्कीले करिव ४० यार्ड टाढाबाट गरेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो ।

पहिलो हाफको अन्तिममा धनगढीको सौजन राईको क्रसमा अफिज ओलाओले बल प्रहार गर्नु अगाडी चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे दाेस्राे हाफमा धनगढीले उत्कृष्ट खेल खेल्याे । जसका कारणपनि उसले तीन गाेल गर्न सफल भयाे ।  ५२ औं मिनेटमा सिमान्त थापाको क्रसमा विश्व अधिकारीको प्रहार आकासियो ।

खेलकाे ६४ औं मिनेटमा निशान खड्काको क्रसमा निशान लिम्बुले गोल गर्दै धनगढीले गोल गर्न सफल भए । एक गोलले अगाडी रहेको धनगढीले ६९ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक निशानको क्रसमा अफिज ओलाओलेले गोल गर्न सफल भए । उनले निशान लिम्बुको क्रसको सदुपयोग गरे । जारी प्रतियोगितामा उनको यो चौथो गोल हो ।

७५ औं मिनेटमा धनगढीले अर्को सुनौलो अवसर गुमायो । पुजन उपरकोटीको प्रहार क्रसबारमा लागेर फर्कियो ।
त्यसको तीन मिनेटपछि चितवनले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो । उसका विदेशी खेलाडी गोरानले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।

तर त्यसको ८० औं मिनेटमा धनगढीले खेल तीन शुन्यमा पुर्यायो । उसका लागि बुद्धबल तामाङले डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरे ।

त्यसपछि चितवन खेलमा फर्कन सकेन र धनगढीले सानदार जित निकाल्न सफल भयो । यो जितपछि धनगढीले चार खेलमा सात अंक बनाउदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । चितवनको भने तीन खेलमा पहिलो हार ब्यहोरेको छ । उसले यसअघिका दुई खेलमा बराबरी खेलेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey