धनगढी र चितवनविचकाे पहिलाे हाफ गाेलरहित बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 581 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले धनगढी एफसी र एफसी चितवनविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेका छन ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीको तुलनामा चितवनले केहि राम्रा मुभ बनाएको थियो । तर उसका लागि दुई पटक क्रसबार बाधक बन्यो ।

२३ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीले प्रहार गरेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएपनि रिबाउन्ड गोरान जेर्कोविचको प्रहार बारमा लागेर फर्कियो ।

३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसको लगत्तै शिशिर लेखीको प्रहारलाई गोलकिपर किरण चेम्जोङले पन्च गरे ।

३६ औं मिनेटमा फेरी चितवनका जर्ज प्रिन्स कार्कीले करिव ४० यार्ड टाढाबाट गरेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो ।

पहिलो हाफको अन्तिममा धनगढीको सौजन राईको क्रसमा अफिज ओलाओले बल प्रहार गर्नु अगाडी चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey