आश्विनको परिवारमा एकै सातामा १० जनालाई कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 246 पटक हेरिएको

भारतीय क्रिकेट टिमका स्पिनर रविचन्द्रन आश्विनले जारी इन्डियन प्रिमियर लिगको विचबाट नै प्रतियोगिता छोड्ने निर्णय गरे । घरमा परिवारका सदस्यमा कोभिड भएपछि दिल्लीबाट आइपीएल खेलिरहेका आश्विनले विचमा नै प्रतियोगिता छोडे । तर शुक्रबार राति आश्विनकी श्रीमती प्रिती नारायननले डरलाग्दो कुराको खुलासा गरेका छन ।

उनले एक साता आश्विनको परिवारका लागि डरलाग्दो सपना जस्तो भएको बताएकी छिन । उनले एक सातामा एकपछि अर्को गरि परिवारका १० जनामा कोभिड भएको बताइन । भारतमा कोरोनाको दोस्रो लहर डरलाग्दो तरिकाले फैलिरहेका बेला त्यसको असर आश्विनको परिवारमा पनि पर्यो । जसका कारण उनले आइपीएलको विचबाट नै घर फर्किएका थिए ।

आश्विनले आइपीएल छोडेको केहिदिनपछि प्रितीले ट्विट गर्दै परिवारका सबैमा कोरोना संक्रमण भएको लेखेकी थिइन । एकै सातामा परिवारका ६ अधबैशे र चार बच्चामा कोरोना संक्रमण भएको बताइन । परिवारका सबै जनामा कोरोना हुँदा कोहि अस्पताल र कोहि घरमा नै लडेको अवस्थामा थिए भने हरेक दिन कसलाई के हुनेको हो भन्ने चिन्ताले सताएको बताइन ।

पाँच देखि आठ दिन आफ्ना लागि निकै कठिन भएको र त्यो बेला आफुलाई सहयोग गर्ने कोहि पनि नभएको बताइन । यो सिजनमा कोभिडका कारण आइपीएल छोड्ने आश्विन पहिलो क्रिकेटर बनेका थिए । त्यसपछि केहि विदेशी खेलाडी र अम्पायरले पनि प्रतियोगिताको विचबाट नै नाम फिर्ता लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey