एनएसएलमा पहिलाे पटक पाेखरा र काठमाडाैंले गाेलरहित बराबरी खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 691 पटक हेरिएको

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र काठमाडौं रेजर्सविचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पोखराले पहिलो हाफमा केहि राम्रो फुटबल खेलेको थियो । उसले पहिलो हाफमा नै तीन वटा सुन्दर मौका पाएपनि त्यसलाई आत्मसाथ गर्न सकेन ।

२० औं मिनेटमा काठमाडौंका गोलकिपर विकेश कुथुको गल्तिको फाइदा पोखरा थन्डर्सले लिन सकेन । डिबक्स भित्र पाएको बललाई पोखराका स्ट्राइकरले सहि दिशा दिन सकेनन् ।

२३ औं मिनेटमा आयुष घलाङको हेडको प्रयास हावामा रह्यो । ३० औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट मौका खेर फाले । उनले डिबक्स भित्र पाएको मौकामा दुई पटक प्रहार गर्न खोज्दा राम्रोसँग कनेक्ट हुन सकेन ।

३४ औं मिनेटमा रवि पासवानले पाएको मौकामा आफैले प्रहार नगर्दा पोखराले अवसर गुमायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा काठमाडौंले दुई राम्रा मौका गुमायो ।

७२ औं मिनेटमा काठमाडौंका मोउसाकले पाएको अवसरलाई आत्मसाथ गर्न सकेनन् ।

७८ औं मिनेटमा रफायल लिंगागोले डिबक्समा पाएको बललाई प्रहार गरेपनि पोष्टमा रहन सकेन । ८० औं मिनेटमा काठमाडौंका मेसुकले निकै उत्कृष्ट मौका खेर फाले । उनले पोखराका गोलकिपर दीप कार्की अगाडी बढेको अवस्थामा खाली रहेको पोष्टमा गोल गर्न सकेनन् ।

८८ औं मिनेटमा काठमाडौंले पुरै खेलमा गरेको आक्रमण भन्दा डरलाग्दो मौका पाएका थियो । उसका तीन खेलाडीले प्रहार गर्दापनि गोल गर्न सकेनन् । खेलको अन्तिममा प्रविन स्याङतानले गोल गरेपनि उनको सो गोललाई अफसाइड दिइयो ।

त्यसपछि दुबै टिमबाट गोल भएन र खेल गोलरहित बराबरीमा सकियो । यो बराबरीपछि काठमाडौंको तीन खेलमा चार अंक भएको छ भने पाखेराकोपनि समान खेलबाट समान अंक भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey