अशक्त क्रिकेटकाे विकाशका लागि इंग्ल्याण्ड बाेर्डद्वारा २० लाख पाउण्ड लगानी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 344 पटक हेरिएको

इंग्ल्याण्ड क्रिकेट बोर्ड वेल्स र इंग्ल्याण्डमा अशक्तले खेल्ने क्रिकेटको विकाशका लागि दुई मिलियन पाउण्ड खर्च गर्ने भएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले लर्डस टाभेरनर्स अन्तर्गत यो योजना सुरु गर्ने भएको हो । अशक्त क्रिकेट खेलाडीको विकाशका लागि इंग्ल्याण्ड बोर्डले खर्च गर्न लागेको यो अहिलेसम्म कै ठूलो रकम हो ।

बोर्डले इंग्ल्याण्ड र वेल्सका हरेक काउन्टीमा यो योजना सुरु गर्नेछ । जसमा २० देखि ३९ काउन्टी रहेका छन । यो योजनामा असक्त खेलाडीको धेरै भन्दा धेरै सहभागिता होस भन्ने चाहना रहेको छ ।

यो योजनाले कुनैपनि अशक्त खेलाडीको लागि जीवन नै परिवर्तन गर्ने मौका हुने विश्वास गरिएको छ । सन् २०२१ को अन्त्यपछि सन् २०२४ सम्मका लागि फेरी नयाँ योजना ल्याउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal