नेपाल क्रिकेट संघका सबै गतिविधी अनिश्चित समयका लागि स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 488 पटक हेरिएको

नेपालमा कोरोना भाइरसको दोस्रो लहर ब्याकप रुपमा फैलिएपछि नेपाल क्रिकेट संघ क्यानले आफ्ना प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनौट र त्रिपक्षीय सिरिज तत्कालका लागि स्थगित भएका छन ।

क्यानले विज्ञेप्ती जारी गर्दै अर्को सुचना जारी नहुँदासम्मका लागि सबै प्रतियोगिता स्थगित भएको जानकारी दिएको छ । क्यानले नेपालमा नामिबिया र तान्जिनियालाई बोलाएर एकदिवसिय र टी २० सिरिज गर्ने योजना बनाएको थियो । जसमा पहिलो नामिबियासँग एकदिवसिय सिरिज गर्ने तयारी गरेको थियो ।

सरकारले लकडाउन गरेपछि यतिबेला प्रायः सबै कुरा ठप्प भएका छन । त्यसमा खेलकुद गतिविधीपनि विस्तारै बन्द हुँदैछन । यस्तैमा क्यानले आफ्नो योजनामा रहेका प्रतियोगिताहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको बताएको छ ।

यसका साथै क्यानले नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लव, एकेडेमी एवंम संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताको कार्यविधी निर्माण गर्न लागिएको र सो सम्बन्धी कार्यविधी निर्माण भई लागु नभएसम्म अन्य क्लव, एकेडेमी र संघ संस्थाहरुले आयोजना गर्ने प्रतियोगितामा जिल्ला र प्रादेशिक क्रिकेट संघहरुले स्वामित्व र आबद्धता नजनाउन समेत निर्देशन दिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey