एनएसएलः काठमाडाैं भर्सेस पाेखराकाे भिडन्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 303 पटक हेरिएको

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र पोखरा थन्डर्सविच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ साँढे ५ बजेबाट सुरु हुनेछ ।

धनगढी एफसीसँग तीन शुन्यको फराकिलो हार ब्यहोरेको काठमाडौं त्यो पराजयलाई भुलेर जितको लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ ।

आज काठमाडौं पोखरालाई हराएर अंक तालिकामा छलाङ मार्ने लक्ष्यमा छन । पहिलो खेलमा ललितपुरलाई एक शुन्यको झिनो अन्तरले जितेको काठमाडौं दोस्रो खेलमा भने पराजित भएको थियो ।

यता पोखराले पनि सुरुवाती दुई खेलमा एकमा जित र एक हारेको छ । उसले बुटवल लुम्बिनीलाई हराएको थियो भने विराटनगरसँग पराजित भएको थियो ।

आजको खेललाई नवयुग श्रेष्ठ भर्सेस विकेश कुथुका रुपमा पनि लिइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal