Mega Bank

टी-२० विश्वकप भारतमा नहुने प्रबल संभावना

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 103 पटक हेरिएको

यसै वर्ष भारतमा हुने टि ट्वान्टी विश्वकप युएइमा सर्न सक्ने संभावना बढेको छ । भारत कोरोना भाइरस महामारीको दोस्रो लहर बाट नराम्रो संग प्रभावित भएपछि विश्वकप अरु देशमा सर्न सक्ने बिबिसीले जनाएको छ ।

टि ट्वान्टी विश्वकप अक्टोबरमा हुने तालिका छ । तर भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुइ लाख पुगीसकेको छ । दैनिक तीन लाख भन्दा बढी मानिस भाइरस बाट संक्रमित भइरहेका छन ।

गत साता बेलायतले भारतमा यात्रा प्रतिबन्ध लगाएको थियो भने अस्ट्रेलियाले पनि आफ्नो सिमा बन्द गरेको छ । बिबिसी संगको अन्तवार्तामा भारतीय क्रिकेट बोर्डका प्रतिनधिी धिरज मल्होत्राले भने अझैपनि भारतलेनै विश्वकप आयोजना गर्ने विश्वास ब्यक्त गरेका छन । उनले सामान्य र जटिल दुवै परिस्तिीको अध्ययन गरिरहेको जानकारी दिएका छन ।

यदि भारतमा हुन नसके युएइमामा विश्वकपका खेल खेलाइन सक्ने पनि मलहोत्राले उल्लेख गरेका छन । हाल भारतमा विश्व फ्रेन्चाइज क्रिकेट आइपिएल विना दर्शक संचालन भइरहेको छ । तर भाइरसको जोखिमका कारण खेलाडीले आइपिएल छोड्ने क्रम पनि जारी छ । टि ट्वान्टी विश्वकपको साविक विजेता वेस्ट इन्डिज हो ।

भर्खरै

Advertisement