शिर्ष स्थानमा उक्लने लक्ष्यमा कोहलीको टिम बैंग्लोर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 651 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा आज पञ्जाव किंग्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा हुँदैछ । अहमदावादमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा राम्रो फर्ममा देखिएको बैंग्लोरले अहिलेसम्म खेलका ६ खेलमा पाँच जित निकालेको छ । आज उसले पञ्जावलाई हराएको खण्डमा लिगको शिर्ष स्थानमा उक्लिनेछ । यता खासै राम्रो लयमा नदेखिएको पञ्जाव तेस्रो जितको खोजिमा हुनेछ ।

उसले अहिलेसम्म खेलका ६ खेलमा दुई जितमात्र निकालेको छ । बैंग्लोरको ब्याटिङ लाइनअप अरु टिमको तुलनामा निकै बलियो देखिएको छ । यो सिजनमा बैंग्लोर टिममा एवी डिभिलियर्स र ग्लेन म्याक्सवेलले टिमलाई बढि खेलमा काँधमा बोकेर हिडेका छ । पावरहिटर मानिने दुबै खेलाडीलाई सस्तैमा समेट्न सकेको खण्डमा पञ्जावलाई चुनौती दिन सजिलो हुनेछ ।

लोकेश राहुलको कप्तानीमा रहेको पञ्जावको ब्याटिङमा यो सिजन उत्कृष्ट लय देखिएको छ । यी दुई टिमले खेलका पछिल्ला पाँच खेलमा तीन खेल बैंग्लोरले जितेको छ भने दुई खेल पञ्जावको पक्षमा गएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey