काेलकातामाथि दिल्लीकाे शानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 531 पटक हेरिएको

पृथ्वी शा र शिखर धवनको उत्कृष्ट साझेदारीका कारण दिल्लीले कोलकातामाथि सात विकेटको सानदार जित निकालेको छ । योसँगै दिल्ली आइपीएलको दाेस्राे स्थानमा उक्लिएको छ ।

अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ६९ रनमा दोस्रो विकेट खेर फालेको उसले स्कोरबोर्ड अरु ४० रन जोड्दा थप चार विकेट खेर फाल्यो ।

उसका ओपनर नितिश राना १५ रनमा आउट भए भने शुभंम भिल ४३ रनमा पेभेलियन फर्किए । यस्तै राहुल त्रिपाठीले १९ रन बनाए भने कप्तान इयोन मोर्गन र सुनील नरायनले खाता खोल्न सकेनन् । यस्तै दिनेश कार्तिकपनि १४ रनमा पेभेलियन फर्किए ।

उसका लागि आन्द्रे रसेल ४५ र प्याट क्युमिनस् ११ रनको योगदान गरे ।

दिल्लीका लागि अक्षर पटेल र ललित यादवले दुई दुई विकेट लिए भने माकोस स्टोइनिस र आभेस खानले एक एक विकेट लिए ।

जवाफमा दिल्लीले १६ ओभर तीन बलमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि शिखर धवन र पृथ्वी शा ले पहिलो विकेटका लागि एक सय ३२ रनको उत्कृष्ट साझेदारी गरे । जसमा शिखर धवनले ४६ रन बनाएर आउट भएपछि दिल्लीले पहिलो विकेट गुमायो ।

तरपनि पृथ्वी शा ले ४१ बलमा विस्फोटक ८२ रन बनाए । जसमा उनले बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा एकै ओभरमा ६ चौका प्रहार गरेका छन ।

पृथ्वीले पहिलो ओभरमा नै लगातार ६ चौका हिर्काए । उनले शिभंम माभीको बलमा लगातार छ चौका प्रहार गरे । उनले पहिलो ओभरमा नै २५ रन बटुले । माभीले पहिलो ओभरको पहिलो बल वाइड फालेका थिए ।

यतिमात्र होइन उनले यो खेलमा आफ्नो विस्फोटक ब्याटिङ गर्न सफल भए । जसमा उनले १८ बलमा अर्धशतक पनि बनाए । यस्तै कप्तान रिसब पन्त १६ रनमा आउट भए ।  याे जितपछि दिल्लीले सात खेलमा १० अङ्क बनाएकाे छ । कोलकाताकाे प्रतियाेगितामा पाँचाै हार हाे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey