एनएसएलः धनगढी र ललितपुरले बराबरी खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 571 पटक हेरिएको

नेपाल सुपर लिग अन्तगर्त अहिले धनगढी फुटबल क्लव र ललितपुर सिटी एफसीविच बराबरी खेलेका छन ।

दशरथ रंगशालामा भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा धनगढीले ललितपुरसँग एक एक गोलको बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

त्यसो त ललितपुरले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । पाँचौ मिनेटमा अञ्जन विष्टले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।

त्यसपछि २५ औं मिनेटमा एरिक विष्टले करिव ४० यार्ड टाढाबाट गरेको उत्कृष्ट प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

३२ औं मिनेटमा ललितपुरका कमल श्रेष्ठले डिबक्स भित्र पाएको बललाई राम्रोसँग कनेक्ट गर्न सकेनन् । त्यसपछि ३६ औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले पन्च गरे ।

४२ औं मिनेटमा ललितपुरका अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहारलाई धनगढीका डिफेन्डरले गोललाइनबाट बचाए । तर त्यसपछि किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपनि उनले पहेलो कार्ड पाए भने ललितपुरले पेनाल्टी पायो । नुर्लानले गरेको पेनाल्टीलाई किरणले उत्कृष्ट बचाउ गरे । जारी प्रतियोगितामा ललितपुरले दोस्रो पटक पेनाल्टी गुमाएको हो ।

खेलको इन्जुरी समयमा फेरी एकपटक नुर्लानले डिबक्समा उत्कृष्ट मौका पाउँदा धनगढीका डिफेन्डरमा ठोकिएर गोलकिपर किरणले बचाए ।
पहिलो हाफमा ललितपुरले निकै मौका पाएपनि त्यसलाई आत्मसाथ गर्न सकेन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएका खेलको दोस्रो हाफमा पनि ललितपुरले दबाव बनाएको थियो । तर गोल भने धनगढीले गर्न सफल भयो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई टिमले अग्रता दिलाए । उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरे ।

खेलको ७९ औं मिनेटमा ललितपुरले खेल बराबरी गर्न सफल भयो । सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार धनगढीका डिफेन्डर दिनेश राजवंशीको निधारमा लागेर गोल हुन पुग्यो ।

त्यसपछि पनि धनगढी र ललितपुरले केहि मौका पाएका थिए तर गोल गर्न सकेनन् । जसका कारण दुबैले एक एक अंक बाढ्न बाध्य भए ।
यो बराबरीपछि धनगढीले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लतिलपुरको तीन खेलमा दुई अंक भएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal