टोकियो ओलम्पिक समर्थकविनै हुने

0

टोकियो ओलम्पिक आउन करिव तीन महिनाको समय बाँकी रहेका बेला अझैपनि यो प्रतियोगिता कसरी सम्पन्न हुन्छ भन्ने ठूलो कौतुहल बाँकी नै ।

यस्तैमा ओलम्पिक आयोजकले विदेशी समर्थकलाई प्रतियोगिताका बेला प्रवेश नगराउने भनिसकेको छ भने खेलाडीलाई दैनिक रुपमा कोरोना परिक्षण गर्नुपर्ने बताइसकेको छ ।

यस्तैमा अब प्रतियोगिताका बेला घरेलु समर्थकलाई प्रतियोगिता स्थलमा प्रवेश गराउने की नगराउने भन्ने विषयमा मुख्य एजेन्डा बनेको छ ।

ओलम्पिक आयोजकले अहिलेको अवस्थामा खेलहरु दर्शकविना नै गर्ने तयारी रहेको बताएका छन । ओलम्पिक र पारा ओलम्पिकको प्लेबुक्समा अहिलेको अवस्थामा दर्शक बिना नै खेल गर्ने तयारी रहेको बताइएको छ ।

अहिलेपनि सबै देशका लागि कोभिडको भ्याक्सिन सहज उपलब्ध नभएकाले अनिवार्य भ्याक्सिन लगाएको हुनुपर्ने भन्ने नियम लागु गर्न कठिन रहेको बताए ।

प्रतियोगिताका बेला खेलाडी र उनीहरुको क्लोज कन्ट्याक्टमा रहेका ब्यक्तिको हरेक दिन परिक्षण हुने भएको छ ।

अहिलेपनि जापानको टोकियोका केहि स्थानमा साताको अन्तिममा आपतकालिन घोषणा गरिएको छ । जुन मे ११ तारिखमा सकिनेछ ।

Post Add 1025X115
Loading...