दिपक मनाङे गण्डकी प्रदेशकाे खेलकुद मन्त्री

0

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्। सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले दिपकलाई नयाँ जिम्मेवारी दिएकाे हाे ।

यसअघि प्रदेश सरकारले युवा तथा खेलकुदसम्बन्धी योजना तथा कार्यक्रम सामाजिक विकास मन्त्रालयमार्फत् गर्दै आएको थियो। तर अहिले त्यसलाइ फुटाएर छुट्टै जिम्मेवारी दिएकाे हाे ।

युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो।

आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका हुन्। बुधबार सांसद गुरूङ प्रदेश सभा बैठकमा पनि सहभागी भएका थिएनन्।

Post Add 1025X115
Loading...