Mega Bank

आइपीएलका लागि ठूलो चुनौती बन्दै कोरोना भाइरस

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 173 पटक हेरिएको

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीमा मातापिता कोरोना मुक्त भएका छन ।

अघिल्लो साता कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका उनीहरुको एक सातामा रिपोर्ट नेगेटिभ आएको छ । जसका कारण उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन ।

पछिल्लो पटक भारतमा उच्च दरमा बढिरहेको कोरोना संक्रमणबाट धेरै खेलाडी र उनको परिवारका सदस्यहरु अछुतो भएका छैनन् । रोड सेफ्टी क्रिकेट सिरिज खेलेका सचिन तेन्दुलकर, इरफान पठान, युसुफ पठान र सुब्रमण्यम बद्रिनाथ पनि संक्रमित भएका थिए ।

यस्तै रविचन्द्रन आश्विनको परिवारलाई पनि कोरोना संक्रमण भएको छ ।

जारी आइपीएलका लागि विभिन्न टिममा रहेका नितीश राणा, देवदत्त पडिक्कल, अक्सर पटेल, एनरिक नार्खिया, डेनियल सेम्सलाई पनि कोरोना भएको थियो ।

भर्खरै

Advertisement