Mega Bank

भारतीय अम्पायर मेननले आइपीएल छाेडे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 124 पटक हेरिएको

भारतका क्रिकेट अम्पायर नितिन मेननले जारी आइपीएलबाट नाम फिर्ता लिएका छन । उनको परिवारका सदस्यमा कोरोना देखिएपछि उनले प्रतियोगिताकी विचमा नाम फिर्ता लिएका छन ।

उनीसँगै अष्ट्रेलियन अम्पायर पउल रिफिलले पनि प्रतियोगिता छोड्न चाहिरहेका छन ।

पछिल्लो पटक भारतमा कोरोनाको संक्रमण दर आकासियपछि विभिन्न देशले भारतसँगको हवाई उडान बन्द गरेका छन । जसमा अष्ट्रेलियापनि एक रहेको छ ।

यस्तैमा पउलले आइपीएल छोड्ने निधो गरेका हुन । यता भारतीय अम्पायर मेनोनको आमा र श्रीमतीमा कोभिड देखिएपछि आइपीएलको बायोबबल छोडेका छन ।

मेनन आइसीसीको एलीट प्यानलमा रहेका एक्लो भारतीय अम्पायर हुन ।

अम्पायर नितिनले आइपीएल छोडेको बीसीसीआईले जनाएको छ । यो प्रतियोगिताबाट नाम फिर्ता लिने मेनोन दोस्रो भारतीय बनेका छन ।

यसअघि कोभिडका कारण नै रविचन्द्रन आश्विनले पनि प्रतियोगिताबाट बाहिरीएका छन । उनको पनि परिवारमा कोरोना संक्रमण देखिएको थियो ।

भर्खरै

Advertisement