आइपीएलमा आज २ खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 298 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुनेछन । जसमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्र्ससँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्ससँग खेल्नेछ ।

मुम्बई र राजस्थानको खेल दिउँसो पौने चार बजेबाट दिल्लीमा सुरु हुनेछ । यो सिजनमा मुम्बईले पाँच खेलमा दुईमा मात्र जित निकालेको छ । जसका कारण मुम्बई चार अकंका साथ लिगको चौथो स्थानमा छन ।

यता राजस्थानले पाँच खेलमा दुई जित निकाल्दै चार अंक भएपनि रन रेटका आधारमा सातौं स्थानमा छन । यी दुई टिम पछिल्ला पाँच खेलमा चार पटक राजस्थानले जितेको छ भने एक खेलमात्र मुम्बईले जितेको छ । अघिल्लो सिजनमा पहिलो चरणमा मुम्बईले राजस्थानलाई ५७ रनले हराएको थियो ।

आजै राति हुने अर्को खेलमा दिल्लीले कोलकातासँग खेल्नेछ । यो खेलमा दिल्लील विजयी भएमा लिगको दोस्रो स्थानमा उक्लिनेछ । यता लिगको पाँचौ स्थानमा रहेको कोलकाताले ६ खेलमा मात्र दुईमा जित निकालेको छ । उसका चार अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey