आईपीएलः हैदराबादले चेन्नाईलाई दियो १७२ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१५
  • |
  • 364 पटक हेरिएको

मनिस पान्डे र कप्तान डेभिड वार्नरले अर्धशतक सहित शतकीय साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदराबादले दक्षिण भारतीय प्रतिस्पर्धी चेन्नाई सुपर किंग्स लाई १ सय ७२ रनकाे विजय लक्ष्य प्रस्तुत गरेकाे छ ।

दाेस्राे विकेटका लागि वार्नर र पान्डेले दाेस्राे विकेटका लागि १०६ रनको  साझेदारी गरेपछि हैदराबादले सम्मानित स्कोर जाेडेकाे हो ।  वार्नरले ५५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए भने पाण्डेले ५ चौका र १छक्का प्रहार गर्दै ६१ रन बनाए । जोनी बेरिस्टो ७ रन बनाएका थिए । केन विलियम्स र केदार जादवले क्रमस अविजित २६ र १२ रन बनाए ।

बलिङमा चेन्नाइका लुंगिले २ तथा दिपक चहारले एक विकेट लिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey