सुपर लिगमा पाेखराकाे पहिलाे जित, नवयुगकाे एकमात्र गाेल निर्णायक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१५
  • |
  • 513 पटक हेरिएको

नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले विराटनगर सिटी एफसीलाई एक शुन्यले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा पोखराको जितमा नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको पोखराले बारम्बार मौका सिर्जना गरेपनि गोल गर्न सकेन ।

खेलको ४२ औं मिनेटमा विराटनगरले पनि उत्कृष्ट मौका खर फाल्यो । उसका विदेशी खेलाडी पेद्रो मान्जी वन भर्सेस वनमा चुके ।

पलिहो हाफ गोलरहित बराबरी भएको खेलको ५४ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले बचाए । ६१ औं मिनेटमा रवि पासवानको प्रहार क्रसबारमा लागेर बाहिरीयो ।

खेलको ८३ औं मिनेटमा पोखराले खेलमा अग्रता बनायो । उसका लागि नवयुगले गोल गर्न सफल भए । उनले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि विराटनगर खेलमा फर्कन सकेन र पहिलो हार ब्यहोर्यो । यो जितपछि पोखराले दुई खेलमा तीन अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey