Mega Bank

टी-२० काे नयाँ बरियतामा ब्याटिङमा तीन नेपाली खेलाडी समावेश

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१५
  • |
  • 213 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको नयाँ टी २० को ब्याटिङ बरियतामा नेपालका तीन खेलाडी समावेश भएका छन । जसमा कुशल भुर्तेल, पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन ।

नयाँ बरियतामा त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल ६१ औं स्थानमा छन । यस्तै पारस खड्का ८८ औं स्थानमा छन भने कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन ।

कुशलको चार सय ४२ रेटिङ गरेको छ । यस्तै पारस खड्काको तीन सय ६२ तथा ज्ञानेन्द्र मल्लको तीन सय ५७ रेटिङ छ ।

बलिङमा सन्दिप लामिछानेको बरियता झरेको छ । उनी ७७ औं स्थानमा छन । त्रिकोणात्मक सिरिजमा उनले सर्वाधिक १३ विकेट लिएका थिए ।

भर्खरै

Advertisement