काठमाडौंमाथि धनगढीको शानदार जित, ओलावालेको २ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१४
  • |
  • 546 पटक हेरिएको

नेपाल सुपर लिग एनएसएलमा १० खेलाडीमा सीमित धनगढी एफसीले काठमाडौं रेजर्सबिरुद्द ३-० गालअन्तरको जित आत्मसाथ गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि टंक बस्नेतले १ र ओलावाले अफिजले २ गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

१९औं मिनेटमा धनगढीका वींगर टंक बस्नेतले मैदानको दायाँ साइडबाट गरेको क्रस पोलमा लागेर गोल भएको काठमाडौंका गोलरक्षक विकेश कुथुले पत्तै पाएनन् ।

२२ औं मिनेटमा बिदेशी स्ट्राइकर ओलावाले अफिजले गोल गरे । उनले मैदानको बीच भागदेखि बल अगाडि बढाउँदै काउन्टर एट्याकमा गोल गरेका हुन् ।

पहिलो हाफको इन्जूरी समयमा दर्शन गुरुङको क्रसमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ३-० को अग्रता दिलाए ।

६८औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । काठमाडौंका रुमेश बर्तौलालाई फल गरेपछि धनगढीका डिफेन्डर रमेश दंगालले दास्रो पहेलो कार्ड पाए । त्यसपछि धनगढी रक्षात्मक बन्न बाध्य भएको थियो ।

त्यसपछि काठमाडौंले गरेका केहि प्रहारहरु धनगढीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बचाएका थिए ।

पहिलो खेलमा धनगढीले विराटनगर सिटी एफसीसँग ३-० को पराजय बेहोरेको थियो ‌ । काठमाडौंले ललितपुरलाई १-० ले हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal