गौरव बस्नेत राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१४
  • |
  • 472 पटक हेरिएको

नेप्लेज,गौरव बस्नेत नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

गौरव बस्नेतलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ ।

मंगलबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले उनलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । गौरव बस्नेतले यसभन्दा अघि राष्ट्रिय फुटसल टिमको सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए भने उनले एएफसी र एन्फाको ‘ए’ श्रेणीको लाइसेन्स कोर्स पनि पुरा गरेका छन् ।

‘यो जिम्मेवारी पाउँदा म खुसी छु र मेरो प्राथमिक उद्देश्य नेपाली फुटसलको स्तरमा सुधार गर्नु हुनेछ’ बस्नेतले आफ्नो नियुक्ति पछि भने।

बस्नेतले अक्टोबरमा हुने २०२२ एएफसी फुटसल एसियन कपको छनोटमा जिम्मेवारी सम्हाल्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey