भारतीय कोरोना पीडितको सहयोगार्थ प्याट कुमिन्सको ५० हजार डलर सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१४
  • |
  • 594 पटक हेरिएको

अस्ट्रेलियाली तीव्र बलर प्याट कुमिन्सले कोरोना महामारीको चरम अवस्थामा रहेको भारतमा अक्सिजनसमेत अभाव हुदाँको परिस्थितिसँग लड्नका लागि पीएम केयर्स फण्डमा ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् ।

भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । दैनिक लाखौं संक्रमित बढिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । धेरैजसो मृत्यु अक्सिजनको अभावका कारण भएको समाचार बाहिर आएपछि विश्वभरबाट भारतमा सहयोग आउने क्रम सुरु भएको छ । इण्डियन प्रिमियर लिगका लागि भारतै रहेका कुमिन्सले ट्वीटरमार्फत आफ्नो सहयोगको घोषणा गरेका छन् ।

उनी कोलकाता नाइट राइडर्सबाट आईपीएल खेलिरहेका छन् र उनको टोलीले हिजो मात्रै पञ्जाव किंसलाई पराजित गर्दा उनले २ विकेट लिएका थिए । उनले आफूले लामो समयदेखि भारतबाट धेरै माया पाउँदै आएको उल्लेख गर्दै अप्ठेरो अस्थानमा अक्सिजन अभावसँग लड्नका लागि सहयोग गरेको बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey