पेनाल्टी गोल हुन नसक्दा ललितपुर र चितवनबीच पहिलो हाफ बराबर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 734 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले ललितपुर एफसी र एफसी चितवनबीचको खेल भइरहेको छ । पहिलो हाफमा बल नियन्त्रणमा राखेको ललितपुरले पेनाल्टी अवसर खेर फाल्दा अग्रता लिन चुकेको हो ।

दशरथ रंगशालामा भएको खेलको दशौं मिनेटमा १० औं मिनेटमा ललितपुरका विमल रानाले गरेको प्रहार चितवनका डिफेण्डरलाई लागेर आउट भयो । त्यही कारण पाएको कर्नरमा पाल्साङ लामाको हेड पोष्ट नजिकैबाट बाहिरियो ।

२० औं मिनेटमा गोरान जेर्कोभिचले ललितपुरका निरज बस्नेतलाई बक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए ।

ललितपुरका कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलरक्षक विशाल सुनारले दायाँतर्फ डाइभ गरी उत्कृष्ट बचाउ गरे । रिबाउण्ड बलमा विमल रानाको प्रहार पनि विशालले बायाँतर्फ डाइभ गरी शानदार बचाउ गरे ।

३५ औं मिनेटमा चितवनले पनि एउटा अवसर खेर फालेको थियो । चितवनका विदेशी खेलाडी गोरान जेर्कोभिचको पासमा भरत खवासले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey