मैत्रिपूर्ण खेलका लागि नेपाललाई इराकको प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 580 पटक हेरिएको

नेप्लेज,अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाली टिमसँग मैत्रीपुर्ण फुटबलका लागि इराकले प्रस्ताव गरेको बताएको छ । काेरानाको जाेखिम कायमै रहँदा इरकाले नेपाली टिमसँग खेलका लागि प्रस्ताव गरेको तर खेल भने पक्का भैनसकेको एन्फाले जनाएको छ ।

इराक फुटबल संघले जनाएअनुसार नेपाल र इराकबिचको खेल अर्को महिनामा हुने भनिएको छ तर मिती भने तोकिएको छैन ।

इराक अहिले फिफा विश्वकप २०२२ को तयारीमा रहेको छ । यस्तोमा उसले तयारीकै रुपमा नेपालसँगको खेललाई लिएको छ । खेल हुने स्थान भने उसले उल्लेख गरेको छ । खेल इराकको अन्तराष्ट्रिय मैदान बसरामा हुने बताइएको छ ।

विश्वकप छनोटको समुह सी मा रहेको इराक अहिले फिफा बरियतामा ६८ औँ स्थानमा रहेको छ । भने समुह बी मा रहेको नेपाल फिफाको वरियतामा १७१ औँ स्थानमा रहेको छ ।

नेपालले आफ्नो विश्वकप छनो्टका खेल अन्तर्गत अष्ट्रेलिया,जोर्डन र चाइनिज ताइपेईबिरुद्ध खेल्न बाँकी रहेको छ ।

नेपालले प्रशिक्षकका रुपमा प्रो लाइसेन्स भएका अबदुल्लह अलमुताइरीलाई ल्याएको छ भने उनको प्रशिक्षणमा नै नेपाली सिनियर टिम प्रशिक्षणामा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey