मोरङमा फेरी कुटिए रेफ्री

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 694 पटक हेरिएको

बैशाख १३ गते– मोरंङमा फेरी रेफ्रि कुटिएका छन । गत चैत्र १७ गते मोरंगकै पथरीशनिश्चरेमा महिला रेफ्री जमुना मगरमाथी कुटपिट भएको एक महिना बित्न नपाउदै मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा जारि प्रथम मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा रेफ्रि विनोद धिमाल माथि हातपात भएको हो ।

आयोजक सुन्दरहरैचा नगरपालिका र उर्लाबारी नगरपालिका बिच चलिरहेको खेलको पहिलो हाफ सकिए लगतै पेनाल्टी नदिएको भन्दै मैदान भित्र प्रबेस गरेर दर्शकले धिमालमाथी कुटपिट गरेका हुन । रेफ्रिमाथी हातपात भएपछी केही समय बिवादका कारण खेल पुन सुचारु हुन सकेन ।

मैदानमै रहेका म्याच कमिस्नार एवंम मोरंग जिल्ला फुटबल संघका महासचिव प्रकाश मास्के, मोरंग जिल्ला रेफ्रि संघका अध्यक्ष मदन काफ्ले र सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिब प्रसाद ढकालको रोहबरमा खेल सुचारु भएको थियो ।

मैदानमै प्रबेश गरि रेफ्रि माथीको हातपातले असुरक्षा भएको भन्दै रेफ्रि धिमालले खेल खेलाउन नमानेपछी मोरंग जिल्ला रेफ्रि संघका अध्यक्ष मदन काफ्लेले बाकी खेल खेलाएका हुन । मोरंङका ९ वटा नगरपालिका सहभागी प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार पुरस्कार पाउने छ ।

हेराै भिडियाेमा

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal