मण्डपमा पनि क्रिकेट हेर्न नछाड्ने शंख बाजे भन्छन् ‘नेपालले पारस खड्काजस्तो कप्तान पाउन कठिन छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 779 पटक हेरिएको

सूर्य ध्वज तामाङ,नेप्लेज ।

क्रिकेटमा समर्थकको उपस्थितीलाई महत्वपुर्ण रुपमा लिइन्छ । दर्शकबिनाको खेल खेल्न खेलाडीलाई जति खल्लो लाग्छ, खेल हेर्न नपाउँदा दर्शकलाई पनि त्यति नै असह्य हुन्छ । आफ्नो देशको खेल हुँदा खेलाडीलाई हौसला दिनका लागि समर्थकहरुले विभिन्न तरिका अपनाउने गर्दछन् । त्यो नेपाली दर्शकको हकमा पनि लागु हुँदै आएको छ ।

शनिबार सम्पन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा शुरुका खेलहरुमा दर्शकलाई मैदानमा प्रवेश दिइएपनि कोरोनालाई मध्यनजर गर्दै तेस्रो खेलदेखि भने दर्शकलाई मैदान प्रवेशमा निषेध लगाइएको थियो ।

त्रिकोणात्मक सिरीजभरि दर्शकको बाक्लो उपस्थिती थियो भने नेपालको झण्डासहित उपस्थित केही दर्शकहरु रुखमा चढेर भएपनि खेलाडीहरुको हौसला बढाइरहेका थिए ।

 

तिनै भिडमा नेपाली क्रिकेटका एकजना यस्तो डाइहार्ट फ्यान थिए जसले पुरै सिरीजमा नेपाली टिमको समर्थनमा शंख फुके । सिरीजमा नेपालको पहिलो खेलदेखि नै टियु मैदान शंखको धुनले गुञ्जयमान भएको थियो ।

त्रिकोणात्मक सिरिजमा शंखको धुन निकै सुन्न र देख्न पायौं । मैदानमा नेपालले खेलरहेका बेला टिमले चौका छक्का प्रहार गर्दा होस या विकेट लिदा मैदान बाहिर शंख फुक्ने ब्यक्ति थिए ओमकृष्ण भण्डारी ।

पेशाले उनी एक पण्डित र ब्यापारी हुन् । उनमा क्रिकेटको यति क्रेज छ की उनी कुनै धार्मीक कार्यक्रममा सहभागि हुँदा पनि क्रिकेट हेर्न छाड्दैनन् । यतिसम्म की उनले विवाह मण्डपमा  पनि मोबाइल अगाडि राखेर क्रिकेट हेरेको बताउछन् । झन् नेपालले घरेलु मैदानमा खेल्दा  मैदानमै पुगेर खेल नहेर्ने त कुरै भएन ।

त्रिकोणात्मक सिरिजमा उनको शंखको आवाजले धेरैलाई आकर्षित पनि गर्यो । शंख बाजे नामले उनी क्रिकेट समर्थकमाझ परिचित पनि भए ।

फाइनल खेलका दिन भने विवाह गराइदिन जानुपरेकाले उनी दोस्रो इनिङ्समा मात्र टियु मैदान आइपुगेका थिए । नौँ कक्षा पढेदेखि नै क्रिकेट हेर्दै आएका ओमकृष्ण  टियु मैदानमा नेपालले खेलेको  अधिकांश खेलहरु हेरको बताउँछन् । नेपाली टिमको खेल हुँदा शंख बजाउनुको कारणबारे सोध्दा उनले जवाफ यस्तो थियो ।

‘नेपाल हिन्दुराष्ट्र नभएपनि हिन्दुमा शंखलाई नकरात्मक सोचको अन्त्यको प्रतिकको रुपमा लिइन्छ,नकरात्मक कुरालाई समाप्त गरोस र सकरात्मक सोच उत्पन्न गराओस भन्नुको साथै हाम्रो संस्कृतिलाई प्रवर्धन गर्ने भन्ने हिसाबले यो क्रिकेटसँग आएर जोडियो’ ओमकृष्णले भने ।

आफुले मैदानमा शंख बजाएदेखि नेपालले हार्न लाग्दा पनि आफुलाई शंख बजाउन दर्शकहरुले धेरैपटक अनुरोध गरेको उनको भनाई थियो ।

खेलमा हारजित हुनु स्वभाविक हो त्यसैले एक कुशल समर्थकले खेलाडीको केही खेलको प्रदर्शनलाई लिएर मुल्यांकण गर्न नहुने उनको विचार थियो । नेपाली टिमबारे सोध्दा उनले नेपालको सदाबहार खेलाडी पारस खड्का नै भएको बताउँदै पारस खड्काजस्तो उत्कृष्ट कप्तान नेपालले अब पाउन नसक्ने बताए ।

‘नेपालमा पारस खड्काभन्दा राम्रो खेलाडी जन्मेलान्,अझ् उत्कृष्ट खेलाडी पनि जन्मेलान त्यो गर्वको कुरा भयो तर पारस खड्काजस्तो कुल र सफल कप्तान पाउन कठिन छ,पायो भने झनै राम्रो तर त्यती सकरात्मक सोच हुने कप्तान पाउन गाह्रै छ’

त्रिकोणात्मक सिरीजलाई नेपाली त्रिकेटको अविश्वसनिय परिवर्तनको रुपमा लिएका उनले पारसको कप्तानीमा भन्दा अहिलेको टिम फिल्डिङमा खस्किएको उनले बताए ।

नेपाल अहिले उत्कृष्ट लयमा रहेकाले नेपालले मलेसिया र नेदरल्याण्ड्सभन्दा उत्कृष्ट टिमसँग खेलहरु खेल्दै सुधार गर्न सकेमा विश्कप जित्नका लागि धेरै समय कुर्न नपर्ने उनको भनाई थियो ।

‘राम्रो प्रदर्शन गर्दै जाने हो भने पारस खड्काले भनेजस्तै २०३९ सम्ममा विश्वकप जित्न सकिएला,एउटा बलिङ कोच राखेर राम्रो र यस्तै ब्याटिङ गर्ने हो भने नेपालले विश्वकप जित्न २०३९ पर्खनु पर्दैन’

क्रिकेट खेल्नका लागि सबैभन्दा आवश्यक स्रोत मैदान भएकाले सातै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन सके र खेलाडीले खेल्ने पिचमात्र राम्रो भए आफुजस्ता दर्शकहरु खुला चौरमै बसेर नेपालको खेल हेरेर रमाउने उनको तर्क थियो ।

ओम कृष्णजस्ता थुप्रै यस्ता दर्शकहरु छन् जसले गर्दा नेपाली क्रिकेटको सोभा बढेको छ । यतिमात्रै होइन नेपाली क्रिकेट समर्थकको विश्वभरिबाटै तारिफ हुने गर्दछ ।

नेपालले घरेलु मैदानमा आयेजना गरेको क्रिकोणात्मक सिरजिको फाइनलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि घरमै सुरक्षित राख्न सफल भयो । नेपाली टिमको प्रशिक्षकको रुपमा आएदेखि प्रशिक्षक वाटमोरले जितबाटै शुरुवात गरेका छन् भने नेपाली खेलाडीहरुले पनि यो सिरीजमा उत्कृष्ट खेल्दै थुप्रै रेकर्डहरु बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey