काेभिडले एकपछि अर्काे खेलाडीले आइपीएल छाेड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 336 पटक हेरिएको

भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले आइपीएल छोडेका छन । उनले आफ्नो परिवारलाई सपोर्ट गर्नुपर्ने भन्दै आइपीएलको विचबाट नै प्रतियोगिता छोडेका हुन ।

उनले आफ्नो ट्विटरबाट आइपीएलको यो सिजन छोडेको बताएका छन । उनले हैदरावादविरुद्ध खेल खेलेपछि सो ट्विट गरेका हुन । उनले आफ्नो परिवार कोभिडबाट लडिरहेको र यो अवस्थामा परिवारलाई सपोर्ट गर्नुपर्ने देखिएकाले आइपीएल खेल्न नसक्ने भएको बताएका छन ।

साथै उनले अवस्था सुधारीएमा फेरीपनि खेल्न फर्किने बताएका छन । दिल्लीले चेन्नेईमा खेल्नुपर्ने खेल सकेको छ । अब टिम अहमदावाद प्रस्थान गर्नेछ । तर आश्विन भने घर फर्किने भएका छन ।

आश्विनसँगै कोभिडका कारण राजस्थान रोयल्र्सका तिब्रगतिका बलर एन्र्डु तेईले पनि आइपीएल छोडेका छन । उनले ब्यक्तिगत कारणले आइपीएल छोडेको बताएका छन । यो सिजनमा ब्यक्तिगत कारणले आइपीएल छोड्ने उनी दोस्रो खेलाडी हुन । यसअघि इंग्ल्याण्डका लिम लिभिङस्टोनले पनि निजी कारणले आइपीएल छोडेका थिए ।

यसका साथै दुई अरु अष्ट्रेलियन खेलाडीले यो सिजनको आइपीएल खेल्न नसक्ने भन्दै फर्किएका छन ।

आरसीबीका दुई महत्वपूर्ण खेलाडी लिगको बीचमै स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा स्पिनर एडम जम्पा र तीव्र गतिका बलर केन रिचडर्सन रहेका छन् । व्यक्तिगत कारण देखाउँदै आईपीएलका बाँकी म्याच नखेल्ने भएका हुन ।

कोभिडका कारण यतिबेला विभिन्न देशले नियम कडा पार्दै लगेको छ । यतिमात्र होइन भारतमा कोरोना ठूलो महामारीका रुपमा फैलिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey