नेपाल सुपर लिगः चितवनकाे सानदार सुरूवातकाे चाहना, ललितपुरकाे ध्यान कमब्याकमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 971 पटक हेरिएको

नेपाल सुपर लिगमा आज एक खेल हुँदैछ । जसमा ललितपुर सिटी एफसीले चितवनसँग प्रतिस्पर्धा गर्दैछ । जारी प्रतियोगितामा ललितपुरको यो दोस्रो खेल हो भने चितवनको पहिलो खेल हो ।

उद्घाटन खेलमा नै काठमाडौंसँग पराजित भएको चितवन आज कमब्याक गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । यता भरत खवासको कप्तानीमा रहेको चितवन टिम प्रतियोगिताको सुरुवात उत्कृष्ट ढंगले गर्ने लक्ष्यमा छ । दुई इजिप्ट र एक युरोपियन खेलाडीलाई अनुबन्ध गरेको चितवन पेपरमा बलियो टिम देखिएको छ ।

चितवन एफसी

दुई इजिप्सीयन र एक फ्रेन्च सर्बियन खेलाडीको आगमन पछि राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास मार्की खेलाडी रहेका एफसी चितवनले पनि टिम थप बलियो भएको छ ।

फ्रेन्च सर्बियन खेलाडी गोरान जोर्कोभिच , एसियाली मुलकका शिर्ष डिभिजनदेखि एएफसी च्याम्पियन्स लिग खेलेको अनुभव उनीसँग छ । ३४ वर्षीय जोर्कोभिचले २००८ सालावरियाबाट युरोपा लिग तथा दुइ भिन्दा भिन्दै क्लबबाट एएफसी कप खेलेका छन् ।

यस्तै इजिप्टका एल सायद साबन र मोहम्मद गाबाला पनि चितवनमा आबद्ध भइसके । सावान लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सल्लाहका ब्याचमेट हुन् । सावन र गाबालाले उमेर समुहबाट इजिप्ट प्रतिनिधित्व गरेका छन् । उनीहरु दुवैले मिडफिल्ड सम्हाल्नेछन् ।

यस्तै त्रिभुवन आर्मी क्लबबाट नियमित खेल्दै आएका भरत खवास, विकास खवास, विकास तामाङ, टेक बहादुर बुढाथोकी चितवनमा हुनु टिमका लागि बलियो पाटो हो । त्रिभुवन आर्मीकै विवश चौधरी पहिलो रोजाइका गोल रक्षक हुन् । रुप बहादुर लामा, अमित तामाङ जस्ता खेलाडीको अनुभव र अन्य नयाँ खेलाडीका कारण जोश टिमको प्रदशनमा देखिनेछ।

एफसी चितवनले आफ्नो पहिलो खेलमा धनगढीको सामना गर्नेछ । अुनभवी प्रशिक्षक मेघराज केसीको रणनीती, राष्ट्रिय टिमका स्ट्राइकर भरतको कप्तानी, विदेशी तथा घरेलु प्रतीयोगितामा टिम चितवन एफसीले कस्तो प्रदर्शन गर्ला त्यो भने खेल पछि नै थाहा हुनेछ ।

 

ललितपुर सिटी एफसी

आयो लाखे उपनामको ललितपुर सिटि एफसीको नेतृत्व युवा स्ट्राइकर अञ्जनले गर्दैछन् । राष्ट्रिय फुटबल टिमले गत चैतमा थ्री नेसन्स कपको उपाधी जित्दा उनी प्रमुख सदस्य थिए । अञ्जनलाई दाजु रञ्जन विष्टको साथ हुनेछ ।

टिममेट विमल राना मगर र युवा खेलाडी नवीन लामा अग्रपक्तिंमा हुनु अर्को बलियो पक्ष हो । अजरवैजानका फवार्ड नुरलान पनि टिममा छन् । मिडफिल्डमा एरिक विष्ट, मिक्छेन र जर्मनका भिभिन रहने छन् । अनुभवी डिफेन्डर कमल श्रेष्ठलाई भरपर्दा डिफेन्डर पिटर सेगुनले साथ दिनेछन् । राष्ट्रिय टिमको क्याम्पमा परेका अपर्ण कार्कीले गोल लाईन सम्हाल्ने छन् ।

ललितपुरका प्राय खेलाडी ए डिभिजन लिग खेलिसकेका छन् । लामो समयपछि घरेलु प्रतियोगितामा फर्किएका प्रशिक्षक प्रदिप हुमागांईलाइ सुरूवाती खेलमा नै हार खानु परेकाे थियाे ।

चितवनकाे खेलमा पनि उसका लागि ठूलाे चुनाैती नै रहेकाे छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal