Mega Bank

दिल्लीले हैदरावादलाई दियो १६० रनको लक्ष्य

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 63 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई १६० रनको लक्ष्य दिएको छ ।

आइतबार राति टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
दिल्लीका लागि पृथ्वी शा र शिखर धवनले ८१ रनको साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए ।

पहिलो विकेटको रुपमा धवन २६ बलमा २८ रन बनाएर आउट भएका थिए ।

यसैगरी शा पनि अर्धशतकीय पारि खेल्दै रन आउट भएका थिए । शाले ५३ रन बनाउँदा ३९ बल फेस गरेका थिए ।

यस्तै कप्तान ऋषभ पन्त ३७ रन बनाएर आउट हुँदा स्टेभन स्मिथ ३४ रनमा नटआउट रहे ।

हैदरावादका सिद्धार्थ कुलले २ विकेट लिँदा रासिद खानको नाममा एक विकेट रह्यो ।

भर्खरै

Advertisement