अनिता एरोबिकको ब्रान्ड एम्बासडर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 343 पटक हेरिएको

नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई एरोबिक टेबलटेनिसले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एरोबिकका प्रमुख कार्यकारी अधिकृत स्टिभ रो र अनिताबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ । करिब १५ वर्ष टेबलटेनिसमा संलग्न अनितालाई स्टिभले बटरफ्लाइ मार्फत प्रायोजन पनि गराएको बताइएको छ ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापन गरेकी   छन् ।

अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् । विश्व टबेलटेनिस दिवसका अवसरमा अनितालाई ‘फिमेल प्रोमोटर’ मा चयन गरिएको अनिता स्वयंले जानकारी गराइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal