बैंग्लोरको पहिलो हार, चेन्नेई ६९ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 263 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पहिलो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा बैंग्लोर चेन्नेई सुपर किंग्ससँग ६९ रनले पराजित भयो ।

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो ।

बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । उसका ओपनर रुतुराज गाइकवाद ३३ रनमा आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि सुरेस रैन ब्यक्तिगत २४ रनमा पेभेलियन फर्किदा चेन्नेईको स्कोर एक सय ११ रन थियो । तर लगत्तै फाफ डुप्लिसिस अर्धशतक बनाउँदै आउट भए । उनले ४१ बलमा ५० रन बनाए । जसमा उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि अम्बाती राइडुपनि १४ रनमा आउट हुँदा चेन्नेईले एक सय ४२ रनमा चौथो विकेट खेर फाल्यो ।

अन्तिममा रविन्द्र जडेजाले विस्फोटक अर्धशतक बनाए । उनले २८ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ६२ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले दुई रनको योगदान गरे ।

जवाफमा बैंग्लोर २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनमा रोकियो । राम्रो सुरुवात गरेको बैंग्लोरका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेन । उसका कप्तान आठ रनमा आउट भएपछि ४४ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले त्यसपछि स्कोरबोर्ड ५९ रन जोड्दा आठ विकेट गुमायो ।

उसका चार खेलाडीले मात्र दोहोरो जोडन् सके । उसका लागि देभदत्त पाडीकलले ३४ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे ।

यस्तै केली जमिसोनले १६ रनका योगदान गरे । तर अरु खेलाडीले राम्रो गर्न सकेनन् । उसका वासिंटन सुन्दर सात रनमा आउट भए भने एवी डिभिलियर्सले चार रन मात्र बनाए ।

बलिङमा रविन्द्र जडेजाले अलराउण्ड प्रदर्शन गरे । जसमा उनले चार ओभरमा एक मेडेन राखेर १३ रन दिएर तीन विकेट लिए । भने इमरान ताहिरले दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal