नेपाल सुपर लिगः बुटवल लुम्बिनीद्वारा पोखरा २-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 792 पटक हेरिएको

 

नेपाल सुपर लिगमा बुटवल लुम्बिनी फुटबल क्लवले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई दुई शुन्यले हरायो ।
दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीको जितमा एक गोल विदेशी खेलाडी अर्मान्ड बेडुमले गरे भने एक गोल उपहार पायो ।

खेलको ४२ औं मिनेटमा अर्मान्डले बुटवल लुम्बिनीलाई अग्रता दिलाए । उनले मानबहादुर परियारको लामो फ्रिकिकमा अर्मान्डले गरेको हेडर अजित भण्डारीमा ठोकिएर गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा उपहार गोलमा अग्रता बनाएको बुटवलले ७७ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक पनि अजितले बल क्लियर गर्न खोज्दा आत्मघाती गोल गर्न पुगे ।

बुटवलले गरेको प्रहार उनको खुट्टामा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो ।

त्यसपछि पोखरा खेलमा फर्कन सकेन र बुटवल लुम्बिनीले दुई शुन्यको जित निकाल्यो । जितसँगै बुटवलले तीन अंक जोडेको छ । जारी प्रतियोगितामा पोखरा थन्डर्सले पहिलो खेलमा नै हारको स्वाद चाखेको छ ।

प्रतियोगितामा सोमबार एक खेल हुनेछ । जसमा ललितपुर सिटी एफसी र एफसी चितवन विच खेल हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal