Mega Bank

मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता फेरी स्थगित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 53 पटक हेरिएको

बैशाख २५ गतेबाट सुरु हुने भनिएको तेस्रो मनमोहन स्मृती राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता फेरी स्थगित भएको छ ।

पछिल्लो पटक नेपालमा उच्च दरमा फैलिरहेको कोरोनाका कारण यो प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको छ ।

एम एम कप फाउन्डेसन र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी भइरहेको भएपछि कोरोनाका कारण बैशाख ३० गतेसम्म खेलकुद क्षेत्रमा भिडभाड युक्त कार्यक्रम गर्न रोक लगाएपनि यो प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिताको अर्को तालिका चाँडै सार्वजनिक गरिने आयोजकले विज्ञेप्ती मार्फत जानकारी दिएका छन । प्रतियोगिता स्थगित हुँदा पर्न गएको असरबाट क्षमाप्राथी मागेको आयोजकले बताएका छन ।

भर्खरै

Advertisement