जिम्बावेविरुद्धको टी-२० सिरिज पाकिस्तानले उचाल्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 245 पटक हेरिएको

जिम्बावेविरुद्धको तीन टी २० खेलको सिरिज पाकिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेलाई २४ रनले हराउँदै सिरिज दुई एकले जित्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो । मध्यम सुरुवात गरेको पाकिस्तानले ३५ रनमा पहिलो विकेट गुमायो । उसका सरजिल खान १८ रनमा आउट भए ।

त्यसपछि मोहम्मद रिजवान र बाबर अजामको उत्कृष्ट साझेदारीका कारण पाकिस्तानले बलियो लक्ष्य दिन सफल भयो । रिजवान र अजामले एक सय २४ रनको साझेदारी गरे । जसमा आजमले ५२ रनको योगदान गरे । उनले ४६ बलमा पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका फकर जमानले खाता खोल्न नपाउँदै आउट भएपछि पाकिस्तानले तेस्रो विकेट गुमायो । उसका लागि रिजवानले ८९ रनको योगदान गरे । जसमा ६० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । बलिङमा जिम्बावेका लुकी जोङ्वीले तीन विकेट लिए ।

यो खेलमा पाकिस्तानी कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको रेकर्डलाई तोडेका छन । बाबरले टी २० क्रिकेटमा छिटो दुई हजार रन पुरा गर्ने कीर्तिमान बनाएका हुन । बाबरले ५२ पारीमा दुई हजार रन पुरा गरेका हुन । यसअघि कोहलीले ५६ पारीमा दुई हजार रन पुरा गर्दै यो कीर्तिमान बनाएका थिए ।

जवाफमा जिम्बावे २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४१ रनमा रोकियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । मध्यम सुरुवात गरेको जिम्बावेले घरेलु मैदानमा ३७ रनमा पहिलो विकेट गुमायो । उसका तारिसेइ मुसाकान्डा मात्र १० रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि जिम्बावेका वेस्ले माधिभिरा र टाडीवानासे मारुमानीले बलियो साझेदारी गरेका थिए । तर मारुमानी ३५ रनमा पेभेलियन फर्किदा उसले एक सय दुई रनमा दोस्रो विकेट गुमायो । त्यसपछि उले अरु पाँच विकेट सस्तैमा खेर फाल्यो । उसले स्कोरबोर्डमा ३९ रन जोड्दा पाँच विकेट गुमायो ।

जिम्बालेका लागि ओपनर वेल्सले ५९ रन बनाउँदा ब्रेन्डन टेलरले २० रनको योगदान गरे ।

यो सिरिजको पहिलो खेलमा पाकिस्तान विजयी भएको थियो भने दोस्रो खेलमा जिम्बावे विजयी भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal