चेन्नेइले बैंग्लाेरसामु एक सय ९२ रनकाे लक्ष्य प्रस्तुत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 332 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोरविच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग्लोरलाई एक सय ९२ रनको लक्ष्य दिएको छ ।

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो ।

बलियो सुरुवात गरेको चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो । उसका ओपनर रुतुराज गाइकवाद ३३ रनमा आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि सुरेस रैन ब्यक्तिगत २४ रनमा पेभेलियन फर्किदा चेन्नेईको स्कोर एक सय ११ रन थियो । तर लगत्तै फाफ डुप्लिसिस अर्धशतक बनाउँदै आउट भए । उनले ४१ बलमा ५० रन बनाए । जसमा उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि अम्बाती राइडुपनि १४ रनमा आउट हुँदा चेन्नेईले एक सय ४२ रनमा चौथो विकेट खेर फाल्यो ।

अन्तिममा रविन्द्र जडेजाले विस्फोटक अर्धशतक बनाए । उनले २८ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ६२ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले दुई रनको योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey