Mega Bank

नेश्नल फुटसल लिगकाे मिती सर्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 126 पटक हेरिएको

अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको राष्ट्रिय फुटसल लिगको मिती सर्ने भएको छ । जेठ एक गतेबाट सुरु हुने भनिएको लिग १५ दिन सर्ने भएको छ ।

एन्फाले पहिलो पटक आयोजना गर्न लागेको लिग प्राविधिक कारणले दुई साता सर्ने स्रोतले बताएको छ । यसअघि जेठ एक गतेबाट हुने भनिएको प्रतियोगितामा सहभागि हुने सबै टिमको छनौट भइसकेको छ ।

तर जेठ एक गते नै नेपाल सुपर लिगको फाइनल भएकाले पनि यसको मिती सर्ने भएको हो । पोखरा रंगशालाको कर्भडहलमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको ब्यवस्थापनका जिम्मा टर्नपाइक इभेन्ट्स प्रालीले गर्नेछ ।

२१ दिनसम्म चल्ने प्रतियोगिताको नयाँ मिती एन्फाले चाँडै सार्वजनिक गर्ने भएको छ । प्रतियोगिताका लागि सबै ठाँउबाट टिमको छनौट भइसकेका छन । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ । यस्तै तयारी खर्चबाफत सबै टिमले एक लाख रुपैयाँ पाउनेछन । एक टिमले १४ खेलाडीलाई राख्न पाउनेछन ।

यस्तै प्रतियोगिताको उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउनेछन ।

भर्खरै

Advertisement