नेपाल सुपर लिगः धनगढी विराटनगरसँग तीन शुन्यले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 562 पटक हेरिएको

नेपाल सुपर लिगमा किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी फुटबल क्लवले पहिलो खेलमा नै हार ब्यहोरेको छ । आइतबार दिउँसो भएको खेलमा धनगढी विराटनगर सिटी एफसीसँग तीन शुन्यको फराकिलो अन्तरले पराजित भयो ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा विराटनगरले एक शुन्यको अग्रता बनाएको हो । खेलको सुरुवातमा धनगढीले केहि आक्रामक खेल खेलेको थियो । तर उसले पाएका मौकालाई आत्मसाथ गर्न सकेन ।

खेलको १५ औं मिनेटमा विराटनगरले विक्रम घिमालको गोलमा अग्रता बनायो । त्यसपछि पहिलो हाफमा दुबै टिमबाट डरलाग्दो आक्रमण हुन सकेन ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको विराटनगरले ४९ औं मिनेटमा गोल गरेपछि त्यसलाई अफसाइड दिइयो ।

तर खेलको ५७ औं मिनेटमा धनगढी टिमले अन्तर दुई शुन्यमा पुर्यायो । धनगढीको डिफेन्सका फाइदा उठाउँदै एडिलाजाले गोल गर्न सफल भए । विराटनगरले काउन्टरमा गोल गर्न सफल भयो ।

खेलको ६१ औं मिनेटमा धनगढीले उत्कृष्ट मौका खेर फाल्यो । उसका विदेशी खेलाडी ओलओले पाएको मौकामा प्रहार गर्दा साइडबाट बाहिरीयो ।

तर ६९ औं मिनेटमा विराटनगरले खेलमा तीन शुन्यको अग्रता बनायो । उसका लागि सन्तोष तामाङले गोल गर्न सफल भए । उनले वन टु वन पासमा उत्कृष्ट फिनिस गरे ।

तीन गोलले पछि परेको अवस्थामा धनगढीले ७५ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । उसका अफिज ओलाआलेको हेडको प्रयासलाई विराटनगरका गोलकिपरले बचाए ।

खेलको ९० औं मिनेटमा कर्नरबाट आएको बललाई बुद्ध लामाले गोल गर्नबाट चुके । उनले बल नियन्त्रण गर्न नसक्दा उत्कृष्ट मौका गुमेको थियो ।
त्यसपछि पनि ओलाओलेले गरेको अर्को हेडको प्रयासपनि फ्रेममा रहन सकेन । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र विराटनगरले तीन शुन्यको जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey