धनगढीविरूद्ध विराटनगर ३-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 426 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले विराटनगर सिटी एफसी र धनगढी एफसी विच प्रतिस्पर्धा भइरहेको छ । जसमा विराटनगरले खेलमा तीन शुन्यको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा विराटनगरले एक शुन्यको अग्रता बनाएको हो । खेलको सुरुवातमा धनगढीले केहि आक्रामक खेल खेलेको थियो । तर उसले पाएका मौकालाई आत्मसाथ गर्न सकेन ।

खेलको १५ औं मिनेटमा विराटनगरले विक्रम घिमालको गोलमा अग्रता बनायो ।

त्यसपछि पहिलो हाफमा दुबै टिमबाट डरलाग्दो आक्रमण हुन सकेन ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको विराटनगरले ४९ औं मिनेटमा गोल गरेपछि त्यसलाई अफसाइड दिइयो ।

तर खेलको ५७ औं मिनेटमा धनगढी टिमले अन्तर दुई शुन्यमा पुर्यायो । धनगढीको डिफेन्सका फाइदा उठाउँदै एडिलाजाले गोल गर्न सफल भए । विराटनगरले काउन्टरमा गोल गर्न सफल भयो ।

खेलको ६१ औं मिनेटमा धनगढीले उत्कृष्ट मौका खेर फाल्यो । उसका विदेशी खेलाडी ओलओले पाएको मौकामा प्रहार गर्दा साइडबाट बाहिरीयो ।

तर ६९ औं मिनेटमा विराटनगरले खेलमा तीन शुन्यको अग्रता बनायो । उसका लागि सन्तोष तामाङले गोल गर्न सफल भए । उनले वन टु वन पासमा उत्कृष्ट फिनिस गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey