लामो समयको पर्खाईलाई उत्कृष्ट सदुपयोग गरेका कुशलको प्रदर्शन तथ्यांकमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 652 पटक हेरिएको

उमेर समुहदेखि नै नेपालको प्रतिनिधित्व गरेका कुशल भुर्तेल शनिबार सम्पन त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भए । नेपालबाट पहिलो पटक टि–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका दाँयाहाते ओपनिङ ब्याट्सम्यान कुशलले सबैलाई चकित मात्र गरेनन्, हरेक खेलमा आत्मविश्वासले भरिएको ब्याटिङ गरे ।

साथै उनले पहिलो खेल देखि फाइनलसम्ममा प्रत्येक खेलमा कमजोरीलाई सुधार्न सफल भए । त्यसो त उनले यो सिरिजमा जीवनदान पनि नपाएका भने होइनन् । तर त्यसैको फाइदा उठाउँदै उनले नयाँ रेकर्ड बनाउन सफल भए ।

उमेर समुहमा कुशल भुर्तेलको सहभागिता

सन् २०१२– एसीसी यु १६ इलाइट कप

सन् २०१६–यु १९ विश्वकपबंगलादेश

सन् २०१९ इमर्जिङ क्रिकेट टिम्स कप

रुपन्देहीका कुशललाई परिवारले क्रिकेट करियर अघि बढाउन संधै साथ दिए । बुवा दिपक भुर्तेलले क्रिकेट धेरै मन पराउने भएकाले कुशललाई आफ्नो सपना साकार बनाउन कुनै रुकावट आएन् । जसका कारण पनि कुशलले ढुक्क भएर क्रिकेटमा लाग्ने मौका पाए ।

नेपालमा हुने विभिन्न फ्रेन्चाइजी लिग खेलेका उनले राष्ट्रिय टिममा पुग्नका लागि भने मेहेनत निकै गर्नुपर्यो । यो कुरालाई उनी आफैपनि सकारात्मक रुपमा लिन्छ । मेहेनत नगरेर राष्ट्रिय टिममा पुग्न कठिन छ ।

उनले राष्ट्रिय टिममा पुगेपछि भनेका थिए, मौका पाएको छु, अब यसलाई खेर जान्न दिन्न भनेर । हुनपनि उनको बोली ब्याटले पनि देखाउन सफल भए ।

कुशलको राष्ट्रिय टिम

सन् २०१९ दक्षिण एसियाली खेलकुद साग (तर खेल्न नपाएका)

सन् २०२१ त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज डेब्युु

प्रतियागिता अवधिभर कुशलले चार अर्धशतक सहित २ सय ७८ रन बनाए। यो क्रममा २४ चौका र १६ छक्का प्रहार गरे । जसमा स्ट्राइक रेट १४० दशमलब ४० रह्यो ।

त्रिकोणात्मक सिरिजमा कुशल भुर्तेलको ब्याटिङ

लिग चरण

नेपाल भर्सेस नेदरल्याण्ड्स
६२ रन (४६ बल ५ चौका ५ छक्का)

नेपाल भर्सेस मलेसिया

नटआउट ६१ रन ( ४१ बल ३ चौका ५ छक्का)

नेपाल भर्सेस नेदरल्याण्ड्स
६२ रन (४६ बल ८ चौका १ छक्का)

नेपाल भर्सेस मलेसिया
१६ रन (१२ बल २ छक्का)

डेब्यु सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्व किर्तीमान उनले बनाएका छन् । डेब्यु सिरिजमा नेपालका लागी चार अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान बनेका छन् ।

नेपाल भर्सेस नेदरल्याण्ड्स–फाइनल
७७ रन ( ५३ बल, ८ चौका ३ छक्का)

नया प्रशिक्षक डेभ ह्वाटमोरले पनि बन्द प्रशिक्षणमा कुशलमा क्षमता देखेका थिए । जसका कारण त्रिकोणात्मक सिरिजमा उनले कुशललाई नेपालको पारीको सुरुवात गर्ने अवसर दिए । सायदै प्रशिक्षक डेभले सोचेका थिएनन्, उनले यस्तो प्रदर्शन गर्छन होला भनेर ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal