Mega Bank

सिमरा गाेल्डकपकाे उपाधि संकटाले उचाल्याे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 62 पटक हेरिएको

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले ११औँ जीतपुरसिमरा गोल्डकपको उपाधी जितेको छ ।

सिमरा रंगशालामा शनिवार भएको उपाधी भिडन्तमा पाहुना टोली एआरएलाई स्तब्ध पार्दै संकटाले जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेको हो । रोमाञ्चक खेलमा संकटालाई उपाधी दिलाउने क्रममा सडन डेथमा साहिद स्मार्टले गोल गरे ।

क्यामरुनका काकाको प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले उत्कृष्ट बचाउ गरेपछि साहिद स्मार्टको गोलले संकटाले उपाधी उचाल्न सफल भएको हो । यसअघि निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाबईब्रेकरमा दुबै टिमले ४–४ को बराबरी खेलेपछि नजिता सडन डेथबाट निस्किएको हो ।

जीतपुर सिमरा गोल्डकपको दोस्रो पटक उपपाधि जित्ने टोलीमा नाम लेखाउन सफल संकटाले ट्रफिसहित ७ लाख नगद हात पारेको छ । उपबिजेता अफ्रिकन रुट्स एसोसिएसनले तीन लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृति युवा क्लबका मोहित गुरुङ घोषित भए । उनले एक थान मोटरसाईकल हात पारे ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा, उत्कृष्ट डिडफेन्स संकटाका अभिषेक लिम्बु, उत्कृष्ट मिडफिल्ड संकटाका रोशन पहरी, उत्कृष्ट प्रशिक्षक संकटाका राजकुमार केसी घोषित भए । यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित भए । विधागततर्फ उत्कृष्ट भएका सबैले जनही १५ हजार नगर हात पारे ।

प्रतियोगिताको ईमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट नव जनजाग्रिति युवा क्लबका रोहन तामाङले जिते । रोहनले पनि १५ हजार नगद प्राप्त गरे । प्रतियोगिताको फ्लेयर प्ले टिम बागमती गाउँपालिका फापरबारी बन्यो ।

बिजेता, उपबिजेता र अन्य उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, एन्फा महासचिव ईन्द्रमान तुलाधारले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement