Mega Bank

नेपाल सुपर लिगमा काठमाडौंका विजयी सुरुवात, ललितपुर १–० ले पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 200 पटक हेरिएको

काठमाडौं रेजर्स नेपाल सुपर लिगमा विजयी सुरुवात गरेको छ । उसले छिमेकी जिल्लाको क्लव ललितपुर सिटी एफसीलाई एक शुन्यले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको ३३ औं मिनेटमा काठमाडौंका स्टेफिन समिरको प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि ४० औं मिनेटमा ललितपुरले मौका पाएको थियो । उसका स्ट्राइकर भिलिम पोसिनकोभिचले डिबक्स भित्रबाट गरेको प्रहारलाई काठमाडौंका गोलकिपरले बचाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा काठमाडौंले अग्रता बनायो । खेलको ६६ औं मिनेटमा मेसौकेले गोल गर्न सफल भए । उनले ललितपुरका डिफेन्डरको गल्तिको फाइदा उठाउन सफल भए । उनले रिबाउण्डमा गाेल गरे ।

त्यसपछि पनि काठमाडौंले तीन वटा उत्कृष्ट मौका पाएका थिए । तर काठमाडौंका स्ट्राइकर चुक्न पुगे । यता ललितपुरले पनि पाएका मौकालाई आत्मसाथ गर्न सकेन र पराजित भयो ।

यो जितपछि काठमाडौंले तीन अंक बनाएको छ । प्रतियोगितामा भोली दुई खेल हुनेछन । जसमा दिउसो साँढे दुई बजे विराटनगर सिटी एफसी र धनगढी विच खेल हुनेछ भने साँझ साँढे ५ बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी विच खेल हुनेछ ।

भर्खरै

Advertisement