Mega Bank

टी-२० मा धेरै रन बनाउने खेलाडीमा कुशल भुर्तेलले कोहलीलाई पछाडी पारे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 138 पटक हेरिएको

नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले सन् २०२१ मा टी २० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भारतीय कप्तान विराट कोहलीलाई पछि पारेका छन ।

अहिलेसम्म खेलेका खेलमा कुशल सन् २०२१ मा विश्व टी २० मा धेरै रन बनाउने खेलाडीमा कुशल पाँचौं स्थानमा उक्लिएका छन । उनले कोहलीलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएका हुन ।

कुशलले पाँच खेलमा दुई सय ७८ रन बनाएका छन । जसमा उनले एक सय ९८ बल खेलेका थिए । यस्तै उनको उच्च स्कोर ७७ रन बनाएको छ । यो क्रममा उनले २४ चौका र १६ छक्का प्रहार गरेका थिए ।

कोहलीको पाँच खेलमा दुई सय ३१ रन रहेको छ । हाल इन्डियन प्रिमियर लिग खेलिरहेका कोहलीको उच्च स्कोर ८० रन रहेको छ । उनले यो क्रममा तीन अर्धशतक बनाएका छन ।

आइपीएल खेलिरहेकाले कोहलीले फेरी कुशललाई पछि पार्ने भएपनि केहि समयका लागि उनी विश्व टी २० मा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी बनेका हुन ।

कुशलले त्रिकोणात्मक सिरिजमा नै डेब्यु गरेका थिए । जसमा उनले पाँच खेलमा चारमा अर्धशतकीय पारी खेले ।

उनले नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए भने मलेसियाविरुद्ध ६१ रनको पारी खेले । यस्तै नेदरल्याण्ड्सविरुद्ध फेरी ६२ रन बनाउँदा फाइनलमा डच टिमविरुद्ध ७७ रनको पारी खेले ।

भर्खरै

Advertisement