नेदरल्याण्ड्विरुद्ध नेपालको कीर्तिमानी जित, ११ बर्षपछि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 532 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । नेदरल्याण्ड्सलाई कीर्तिमानी एक सय ४२ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भयो ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेख १६ रनमा आउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।

त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । जसमा उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । जसका कारण नेपालले एक सय ६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे । जसमा मल्लले २४ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ५० रन बनाए भने एरीले १८ बलमा पाँच चौका र तीन छक्काको सहायतामा अविजित ४८ रनको योगदान गरे ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

जवाफमा नेदरल्याण्ड्स १७ ओभर दुई बलमा मात्र ९६ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । म्याक्स ओदोउदले २० रन बनाए भने कप्तान पिटर सेलारले १३ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

मात्र १० रन हुँदा पहिलो विकेट गुमाएको डच टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर टोबीस भिसी मात्र दुई रनमा आउट भए भने बेन कुपर सात रनमा पेभेलियन फर्किए । त्यसपछि बास डी लिडीपनि ब्यक्तिगत एक रनमा आउट हुँदा डच टिमको स्कोर ३३ रन थियो ।

उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । स्कट इडवार्ड पाँच रनमा आउट भए भने एन्टोनियुस स्टालले खाता खोल्न सकेनन् । यस्तै फिलिप ११ रनमा आउट भए । जसका कारण नेदरल्याण्ड्सले ७१ रनमा आठ विकेट गुमायो ।
अन्तिममा पाहुना टिम नेदरल्याण्ड्स अन्तिममा ९६ रनमा अलआउट भयो । उसका सवास्चियन ब्राटले सर्वाधिक २६ रन बनाए । उसलाई सस्तैमा रोक्नका लागि बलिङमा नेपालका करण केसीले तीन विकेट लिए भने कमलसिंह ऐरी र सन्दिप लामिछानेले दुई विकेट हात पारे ।

नेपालले टी २० अन्तराष्ट्रियमा निकालेको यो जित रनका आधारमा अहिलेसम्म कै ठूलो हो । यसअघि सन् २०१९ मा भुटानलाई नेपालले एक सय ४१ रनले हराउँदा उक्त जित सर्वाधिक फराकिलो जिते थियो । जुन नेपालले आज नेदरल्याण्ड्सविरुद्ध तोड्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey