Mega Bank

कुशल मल्लले बनाए टी २० मा करियरको पहिलो अर्धशतक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 81 पटक हेरिएको

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल मल्लले टी २० अन्तराष्ट्रिय पहिलो अर्धशतक बनाएका छन । साथै उनले करियरमा टी २० क्रिकेटमा सर्वाधिक रन बनाएका छन ।

कुशलले त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट पारी खेल्दै अर्धशतक बनाए ।

जसमा उनले बलमा अर्धशतक बनाए । ज्ञानेन्द्र मल्ल आउट भएपछि क्रिजमा आएका कुशलले २४ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक बनाए ।

कुशलको टी २० मा यसअघि उच्च स्कोर ३६ रनको थियो । जसलाई उनले तोड्दै करियरको पहिलो अर्धशतक बनाए ।

उनी कम उमेरमा नेपालका लागि टी २० क्रिकेटमा अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन । १७ बर्षे मल्लले यो प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका छन ।

भर्खरै

Advertisement