टी-२० मा नेपालको नयाँ रेकर्ड, दियो दुई सय ३९ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 375 पटक हेरिएको

टी–२० अन्तराष्ट्रियमा नेपालले नयाँ कीर्तिमान बनाएको छ । नेदरल्याण्ड्सविरुद्धको फाइनलमा नेपालले टी २० क्रिकेटमा अहिलेसम्म कै उच्च स्कोर बनाउन सफल भयो । जसमा नेपालले यसअघि बनाएको २३६ रनको रेकर्डलाई तोड्दै दुई सय ३८ रन बनायो । जसका कारण नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा विकेट गुमाउँदै दुई सय रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेख १६ रनमा आउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।

त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । जसमा उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । जसका कारण नेपालले एक सय ६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे । जसमा मल्लले २४ बलमा दुई चौका र पाँच छक्काको मद्दतले ५० रन बनाए भने एरीले १८ बलमा पाँच चौका र तीन छक्काको सहायतामा अविजित ४८ रनको योगदान गरे ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

नेपालले यो त्रिकोणात्मक सिरिजमा तीन खेलमा दुई सय रनको आँकडा पार गरको थियो । तर फाइनलमा नेपालले नयाँ रकेर्ड बनाउन सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey