कुशलको चौथो अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 765 पटक हेरिएको

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेल आफ्नो उत्कृष्ट लयलाई टी २० सिरिजको फाइनलमा पनि देखाएका छन । डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाएर इतिहास बनाएका उनले अर्को कीर्तिमान पनि बनाएका छन । कुशल डेब्यु सिरिजमा नै चार अर्धशतक बनाउने पहिलो क्रिकेटर बनेका छन ।

जारी सिरिजमा पहिलो खेलबाट नै आक्रामक र उत्कृष्ट लयमा देखिएका कुशलले फाइनलमा नेदरल्याण्ड्सविरुद्धको खेलमा ४३ बलमा अर्धशतक बनाए । उनले ४६ रनको अवस्थामा छक्का प्रहार गर्दै अर्धशतक बनाए । जसमा उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा कुशल शिर्ष स्थानमा रहेका छन ।

नेपालको ओपनरका रुपमा आएका कुशलले आशिफ शेखसँग पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए भने कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । जसमा आशिफले १६ रन बनाए भने ज्ञानेन्द्रले १९ बलमा ३३ रन बनाएका थिए । जसमा उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

यसका साथै नेपालका लागि अन्तराष्ट्रिय टी २० मा धेरै अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन । नेपालका लागि टी २० अन्तराष्ट्रियमा धेरै अर्धशतक बनाउने रेकर्ड पूर्व कप्तान पारस खड्काको नाममा छ । उनले पाँच अर्धशतक बनाएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey