नेपालका ज्ञानेन्द्र मल्ल पनि आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 796 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका फाइनलमा नेपाललाई दोस्रो झड्का लागेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाललाई पहिलो झड्का लागेको छ ।

आज पनि नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए ।

नेपालको स्कोर ३० रन भएका बेला आशिफ पहिलो विकेटको रुपमा आउट हुन पुगे ।

आशिफ ८ बलमा १६ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले २ छक्का र एक चौका प्रहार गरेका थिए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर कुशल भुर्तेलले नेपालको पारि अघि बढाएका थिए ।

टिमको स्कोर ८५ रन भएका बेला कप्तान मल्ल आउट हुन पुगे ।

उनले ३३ रन बनाउँदा १९ बल फेस गरेका थिए भने दुई छक्का र तीन चौका प्रहर गरे ।

अहिले क्रिजमा कुशल भुर्तेल र कुशल मल्ल रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey